पूर्व प्रहरी संगठनमा शिव कुँवरको नेतृत्व

| 2023 Aug 16 | 01:26 pm 3617

काठमाडाैं, साउन ३१ । रेसुङ्गा नगरपालिकाका उप प्रमुख अमृता देवी कुँवरले पूर्व प्रहरीको पनि समाजमा हुने विकृती र विसंगती हटाई रुपान्तरणका लागि महत्वपूर्ण भूमिका हुने बताएकी छन् ।

उपप्रमुख कुँवरले नेपाल पूर्व प्रहरी संगठन गुल्मीको १५ औं साधारण सभा तथा चाैथाे जिल्ला अधिवेशनको उदघाटन गर्दै नागरीक विना वर्दीका प्रहरी भएर आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् भने वर्षाै वर्दी लगाएर पूर्व बनेकाबाट समाज कानून मैत्री बन्ने कुरामा आशावादी रहेको बताएकी थिइन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले बहालवाला प्रहरी र सेवा निवृत्त प्रहरी हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका थिए । वडा नम्बर ९ का वडा अध्यक्ष कृष्ण प्रसाद पाण्डे र वडा नम्बर १ का सदस्य केशव पाण्डेको विशेष उपस्थिती रहेको कार्यक्रमको सभापतित्व हुमा पन्थीले गरेकी थिइन् ।

चाैथाे जिल्ला अधिवेशनले पूर्व प्रहरी निरीक्षक शिव बहादुर कुँवरको अध्यक्षतामा १७ सदस्य जिल्ला समिति बनाइएको छ । नवगठित समितिको उपाध्यक्षमा हुमा पन्थी, झकबहादुर श्रीस, सचिव चिन्तामणी राना, सहसचिव विष्णु चन्द, कोषाध्यक्ष लोकबहादुर कुँवर, सह कोषाध्यक्ष दल बहादुर खड्का रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा तिलकराज पाण्डे, कृष्णबहादुर विष्ट, बेलबहादुर थापा, लोकनाथ पाण्डे, मोतीकुमार श्रेष्ठ, चन्दा श्रेष्ठ, प्रेमकुमारी श्रेष्ठ, लक्ष्मण न्याैपाने, धनबहादुर विश्वकर्मा, नगेन्द्र भलामी रहेका छन् ।

संगठनको संरक्षक संस्थापक अध्यक्ष ओम श्रेष्ठ रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.