जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने,माघ तेश्रो साताबाट सुटिङ

रिपोर्ट नेपाल | 2023 Aug 14 | 08:35 am 2473

काठमाडौं, साउन २९ । जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ। फिल्मको सुटिङ भने माघबाट गर्नेगरि सबै तयाारि पुरा भएको निर्माता जनक घर्ति मगरले जानकारि दिएका छन् । माघ तेश्रो साताबाट रुकुममा छायाँकन हुने उनले जानकारी दिए ।

निर्माता घर्ति मगरका अनुसार फिल्मलाइ अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने गर्ने सम्झौता भएको निर्माता घर्ति मगरले भर्खरै सार्बजनिक गरेका छन् ।

पछिल्लो समय नेपाली चलचित्र उधोगमा दर्शकले अत्याधिक रुचाएको दया र मिरुनाको जोडीलाई लिएर फिल्म बनाउन लागिएको हो ।

दयाहाङ राई पछिल्लो समयमा निर्माता निर्देशकहरुको खोजिमा पर्ने सुपरस्टार हुन भने दया र मिरुना अभिनित चलचित्रहरु ब्यबसायिक रुपमा सफल हुदै आएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.