यस्तो छ तपाईंको साउन २५ गते बिहीबारको राशिफल

| 2023 Aug 10 | 06:37 am 3593

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन २५ गते बिहीबार, ई.सं. १० अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष नवमी, ०७ः५१ बजेपछि दशमी, नक्षत्र- कृत्तिका, ०७ः०१ बजेपछि रोहिणी, योग- ध्रुव, करण- गर, चन्द्रराशि- वृष, सूर्योदय ५ः ३२, सूर्यास्तः १८ः४५ ।

मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

वृष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

कन्या : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.