अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त

रिपोर्ट नेपाल | 2023 Aug 08 | 11:52 am 1941

काठमाडाैं, साउन २३ । म‌ंगलबार राती देखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा  डुबान हुनुकाे साथै बाढी पहिरोको कारण जनजीवन कष्टकर बनेको छ ।

वर्षाका कारण पहिरो गएर मुग्लिङ – नारायणघाट सडक बन्द भएकाे  छ भने पाल्पाको सिद्धबाबा नजिकै सुरुङ मार्ग क्षेत्रमा पहिरो जाँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा लगायतका पश्चिम क्षेत्रमा यातायात स‌ंचालन हुन सकेका छैनन् । यसैगरी  अविरल वर्षाका कारण काठमाडाैं उपत्यकामा पनि प्रभाव परेको छ ।

भक्तपुरको चाँंगुनारायण नगरपालिका १ सम्थलीमा बाढीका कारण एउटा घर भत्किएको छ । काठमाडाैंको धाेवीखोला, विष्णुमती, मनाोहरा लगायतका थुप्रै ठाँउमा खाेला नदी क्षेत्रबाट बाहिर आई सडकबाट बगी बस्तिमा पसेको  थियो । जसका कारण अनामनगरको भित्री क्षेत्रमा सडक हिलाम्य भएकाे छ ।

भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्वश्वरी, कपन, सामाखुसी, लगायतका क्षेत्र पनि डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। उनले भने, “भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ।”

उपत्यकाका विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

अविरल बर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.