काठमाडौँ, साउन १७ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले प्यान्थर्स विरुद्ध आफ्नाे जादुमयी बलिङ्ग प्रदर्शन गरेका छन् ।
उनले आफ्नो चार ओभरको स्पेलमा ६ रन दिएर ३ विकेट लिएका छन् । लामिछानेको आक्रामक बलिङ्गका कारण प्यान्थर्स जम्मा ५६ रनमा अल आउट भएकाे छ ।
झिनाे रनकाे लक्ष्य लिएर लामिछाने सम्मिलित टोली सर्रे ज्यागुअर्स अहीले मैदानमा खेली रहेकाे छ । सात ओभरको खेल सकिदा २ विकेट गुमाएर ३८ रन बनाएको छ ।