यस्तो छ तपाईंको साउन ११ गते बिहीबारको राशिफल

रिपोर्ट नेपाल | 2023 Jul 27 | 08:14 am 2129

– ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन ११ गते बिहीबार, ई.सं. २७ जुलाई, २०२३ । तिथि- अधिक श्रावण शुक्लपक्ष नवमी, १०ः१५ बजेपछि दशमी, नक्षत्र- विशाखा, योग- शुभ, करण- कौलव, चन्द्रराशि- तुला, सूर्योदय ५ः २५, सूर्यास्तः १८ः५५ ।

मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

सिंह : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

कन्या : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

– हिमालय टाइम्सबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.