– ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० साउन ५ गते शुक्रबार, ई.सं. २१ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष चतुर्थी, नक्षत्र- मघा, १२ः३२ बजेपछि पूर्वफाल्गुनी, योग- व्यतीपात, करण- वणिज, चन्द्रराशि- सिंह, सूर्योदय ५ः २२, सूर्यास्तः १८ः५७ ।
मेष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।
वृष : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
मिथुन : व्यापार व्यवसायमा उन्नति हुनेछ ।
कर्कट : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।
सिंह : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
कन्या : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।
तुला : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।
वृश्चिक : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
धनु : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
मकर : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
कुम्भ : नवीन रोजगारीको सम्भावना छ ।
मीन : पठनपाठनमा अरुचि पैदा हुनेछ ।