शौचालयमा डुबाएर आफ्नै दुई छोरीको हत्या गरी फरार रहेकी कमला पक्राउ

| 2018 Aug 17 | 04:30 pm 4122

इटहरी, भदौ १ : आफ्नै दुई छोरीको शौचालयमा डुबाएर हत्या गरी फरार रहेकी अामा इटहरीबाट पक्राउ परेकी छिन् । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी २० वर्षीया कमला विकलार्इ प्रहरी कार्यालय सुनसरी पक्राउ गरेको हो ।

आफ्नो दुई छोरीलाई मारेर शौचलयामा डुबार्इ पाँच दिनदेखि फरार रहेकी  कमला इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरीले पक्राउ गरेको हो। कमलाकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको थियो भने अर्की छोरीको शव भने शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको थियो ।

कमलाको बिहे  इलामका एक जना ड्राइभरसँग भएको थियो । तर कमला भने आफ्नो माइतमै एक वर्षदेखि आफ्ननो जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।  दुई छोरीको हत्या गरेर शौचलयामा डुवाएकी घटना बिहीबार मात्रै बाहिरीएको थियो । डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई ताप्लेजुङ पठाइएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.