स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपाल १ सय ३५ रनमा अलआउट

रिपोर्ट नेपाल | 2023 Jun 08 | 05:12 pm 2409

काठमाण्डौ, जेठ २५ । नेपाल स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेलमा १ सय ३५ रनमै अलआउट भएको छ ।आज विहिबार टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएको हो । अब केहीबेरमा स्कटल्यान्डले ब्याटिङ थाल्नेछ ।

आगामी शनिवार नेपालले दोस्रो अभ्यास खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।

असार ३ गतेबाट शुरु हुने खेलका लागि नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जाने छ । जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहने छ । प्रतियोगितामा नेपाल समूह ुए मा रहेको छ ।समूह एमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । आयोजक टिम जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बी मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह ए बाट र समूह वि का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्ने छन र भारतमा हुने विश्व कपमा खेल्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.