काठमाडौं, भदौ ८ः देशकै बरिष्ठ कलाकारहरूको अभिनय रहेको झिगु महानगर अर्थात हाम्रो महानगर बोलको गीत सार्बजनिक भएको छ । काठमाडाैं महानगरपालिकाकाे सामाजिक विकास विभागद्वारा निर्माण गरिएकाे उक्त गीतमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, शुनिल थापा, किरण केसी, राजाराम पौडेल, बिनोद केसी, यमन श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
हाम्रो महानगर राम्रो महानगर भन्ने उद्देश्य अनुरुप आम नागरिक माझ सन्देश पुर्याउन यस्तो गीत तयार पारिएको कुरा महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राजेश्वर ज्ञवालीले बताए।
राजभाई जकमीको शब्द रचना रहेको उक्त गीतमा यमन श्रेष्ठको स्वर हरिसरन सयामीको सङ्गीत रहेको छ भने बिनोद केसीले निर्देशन गरेका हुन्।
यस्तो गीत निर्देशन गर्ने अबसर पाउनुमा निर्देशक बिनोद केसीले काठमाडौं महानगरपालिका, छायांकनको लागि सहयोगी हातहरु लागायत आदरणीय बरिष्ठ कलाकार दाजुहरुमा हार्दिक अभार व्यक्त गरेका छन् ।
करिब आठ लाख पचास हजारमा छायांकन सम्पन्न गरिएको उक्त गीत काठमाडौंको धरहरा, रानिपोखरी, बौद्ध, स्वयम्भू लगायतका स्थानहरुमा छायांकन गरिएको छ।
निर्देशक केसीले छायांकन स्थलमा खटिई छायांकनमा सहज वातावरण मिलाईदिने महाननगर प्रहरी उपरीक्षक धनपती सापकोटा, दिनेश कुमार अर्याल लगायत सम्पुर्ण महानगर प्रहरीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उक्त गीतको छायांकन करन चैसिर र सम्पादन मनोज कार्किले गरेका हुन्। उक्त भिडियाे SGF युट्युब च्यानल अर्थात सहर्ष गणेश फिल्मस् एण्ड एड्भरटाइजिङ्ग सर्भिसमा राखिएकाे हुँदा साे भिडियाे यस युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
म्युजिक भिडियाे