बारामा सशस्त्र प्रहरीको एकैपटक तीन स्थानमा कोरोना भाइरसको हेल्प डेस्क स्थापना

रिपोर्ट नेपाल | 2020 Mar 04 | 03:44 pm 5175

बारा, फागुन २१: सशस्त्र प्रहरी बल, नेपाल बारा गणको संयोजनमा जिल्लाको तीन स्थानमा आजैबाट नोबल कोरोना भाइरस सम्बन्धी हेल्प डेस्क स्थापना गरीएको छ ।

जिल्लामा मित्रराष्ट्र भारतबाट आवागमन बढी हुने तिन स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरिएको हो ।

कलैया उपमहानगर पालिका वडा नं १० स्थित मटिअर्वा, सिम्रौनगढ नपा ६ स्थित सतुही र सुवर्ण गाउपालिका वडा नं ३ स्थित सन्तगंज कबहिगोठमा एकैपटक स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुवेदीले बताए ।

बारा जिल्लाको प्रमुख नाका मटिअर्वा स्थित सशस्त्र प्रहरी बल, नेपाल बिओपि मटिअर्वाले आयोजना गरेको हेल्प डेस्कको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले गरेका हुन् ।

सो कार्यक्रममा प्रमुख अतिथी पोखरेलले कोरोना भाइरस सम्बन्धी चेतना एक व्यक्तीमा मात्र भएर नहुने यसको चेतना घर, समुदाय हुदै जिल्ला भर हुन पर्ने बताए । मानिसहरुको धेरै जमघट हुने गरी कुनै कार्यक्रम नगर्न समेत पोखरेलले निर्देशन दिएका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल नं १२ गण बाराका गणपति दिग बिजय सुवेदी स्वास्थ्य चेतना संचालन अन्तरगत भएको यो कार्यक्रम जिल्लाको तिन स्थानमा आजै बाट सुरु भएको हुनाले यसबाट बढी भन्दा बढी फाइदा उठाउन अनुरोध गरे ।

सो कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख, जनप्रतिनिधीहरु तथा कलैया अस्पतालको डा अन्जली चौरसिया लगायतको उपस्थिति भएको थियो ।

डा चौरसियाले कोरोना भाइरस सम्बन्धी लक्षण, रोकथामको उपायहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सुवर्ण गाउँपालिकाको सतगंज गाउँपालिकाका कार्यकारी अधिकृत तथा बिओपि कबहिगोठ प्रमुख सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेती र सिम्रौनगढमा जनप्रतिनिधी तथा बिओपि प्रमुख कविर मल्लले कार्यक्रमको प्रभावकारी थालनी गरेका थिए ।

जिल्लामा यसरी पहिलो पटक कोरोना भाइरस सम्बन्धी सचेतना मुलक हेल्प डेस्क स्थापना गरी सशस्त्र प्रहरी बलले गरेको अग्रसरताको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले सराहना गरे।

सचेतना बढाउन सशस्त्र प्रहरी बल, नेपालले माक्स, सचेतना मूलक पम्पलेट वितरण गरिएको र सो कार्यक्रम आगामी तीन दिनसम्म संचालन गरिने कुरा सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुवेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.