महेश सिंह
सिरहा, मंसिर २४: गएराति पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार नगरपालिका ४ मा मोटरसाइकल र एम्बुलेन्स ठक्करखाई दुर्घटना हुँदा दुई जनाकोको मृत्यु भएको छ।
एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र सोही ठाउँका २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स १ च ६९३ नम्बरको एम्बुलेन्सले एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार महराको घटनास्थलमै मृत्यु भएको हो भने मण्डलको उपचारको लागि विराटनगर लग्दै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा इन्सपेक्टर जनक पुरीले बताए ।