संघीय सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप

| 2019 Oct 16 | 02:02 pm 2135

धनुषा, असाेज २९: राजपाका संघीय सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ । जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिइएकाे थियाे ।

सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह जहाज ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए । काठमाडौंबाट पक्राउ परेका साहलाई धनुषा जिल्ला अदालतमा पेस गरिएको हो ।

उनीमाथि मंगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको  बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.