सिराहामा लागूऔषध कारोबारमा, दुई बालक पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 22 | 08:43 pm 3098

  • महेश सिंह

सिराहा, असोज ५: प्रतिबन्धित लागूऔषध तस्करीमा दुई जना बालकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहाको नवराजपुर गाउँपालिका ४ का १२ वर्षीय छोरा शिवराम यादब र भगवानपुर गाउँपालिका ३ का १० वर्षीय छोरा दिपरञ्जन यादब रहेका छन् ।

दुवै जना भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेका विभिन्न किसिमका औषधीसहित भगवानपुर गाउँपालिका ३ लालपुरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

ठाडीका प्रहरी इन्चार्ज चन्देश्वर सिंहका अनुसार बालकको साथबाट प्रतिबन्धित ट्याब्लेट ओमी ५७ पत्ता, किपला २२ पत्ता, एभिल १० पिस, डाइलोना १० पिससहित करिब ४० हजार बराबरको औषधी बरामद भएको बताए ।

पक्राउ परेका बालकलाई कसैले रकमको लोभ दिएर औषधी तस्करी गर्न लगाएको प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका दुबै बालक माथी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.