न्यायाधीशका सवारी चालक एक लाख १० हजार घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 12 | 05:59 pm 1921

सिरहा, भदौ २६ : जिल्ला अदालत सिरहाका एक न्यायाधीशका सवारी चालक एक लाख १० हजार घुससहित पक्राउ परेक छन् ।

सवारी चालक वृजमोहन यादवलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव इजलास–३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन् ।

आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाई दिने भन्दै पीडितसँग रकम माग गरेको पाइएको घिमिरेले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.