धनुषामा बस दुर्घटना, ६ घाइते

रिपोर्ट नेपाल | 2019 Sep 07 | 01:38 pm 2185

जनकपुर, भदौ २१ : धनुषाको दक्षिणी क्षेत्रमा पर्ने नगराइन नगरपालिका वडा नम्बर २ को शुभम ईटा उद्योग नजिकै बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते मध्य जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अन्दाजी ३० वर्षीय संजय पूरीकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तै महोत्तरीका २० वर्षीय कृष्णा कुमार यादव, अरमाना खातून, राकेश लाल कर्ण, चरित्र यादव, मरनी देवी मंडल र जनकपुरधाम वडा नम्बर १८ की २५ वर्षीया अरमाना खातून घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । जनकपुर देखि जटही जाँदै गरेको ना ७ ख ७९७८ बस अनियन्त्रित भई दुघर्टना भएको जिप्रका धनुषाले जनाएको छ ।

बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.