वीरगंज महानगरपालिकाको अनियमितता बिरुद्ध राजपा नेपाल पर्साले बुझायाे ज्ञापन पत्र

रिपोर्ट नेपाल | 2019 Aug 28 | 03:44 pm 2720

पर्सा, भदाै ११:  बुधबार एक बिरोध जुलुस आयोजना गरेर राजपा नेपाल पर्साका महासचिव राजेशमान सिंहको नेतृत्वमा घन्टाघर स्थित लाल बंगला हुदै हजारौको संख्यामा वीरगंज महानगरपालिका भित्र पुगेर मेयर बिजय सराबगीलाइ ज्ञापन पत्र बुझाएकाे छ ।

दुई वर्षको कार्यकालमा नगर प्रमुख  विजय कुमार सरावगीले नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार विरोध प्रदर्शन गरेको हाे।

नगर प्रमुख सरावगीलाई बुझाइएको ज्ञापनपत्रमा राजपाले दुई वर्षको कार्यकालमा वीरगन्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, कर्मचारीतन्त्रका बेला शुरु भएका विकास निर्माणका योजनाहरु पनि अहिले अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरि झन् धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप लगाएको छ ।

यस्तै जनताले तिरेको करबाट विकास निर्माणको काम गर्नुको सट्टा नगर प्रमुखले आफ्ना लागि करोडौं मुल्यको दुई वटा सुविधा सम्पन्न गाडी खरिद गरेको, नगर क्षेत्रभित्र विद्यमान छाडा चौपया नियन्त्रण नगरिएको, महागनगरको सरसफाई नगरपालिका आफैले नगरि निजी कम्पनीलाइ ठेक्कामा दिएर त्यस बापत नगरवासीसँग अतिरिक्त कर असुली रहेको , दातृ निकायको ऋण अनुदान र सहयोगमा भइरहेका विकासका काममा भ्रष्टचार र कमिसनको चलखेल भइरहेको आरोप पनि राजपाले लगाएको छ ।

नगर प्रमुख सरावगीलाई ज्ञापन पत्र बुझाएपछि राजपाले महानगरपालिकाको मुल प्रवेशद्वारमै कोणसभा पनि गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.