प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तीन पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 17 | 05:02 pm 3687

बारा, साउन ३२:  डिउटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्नखोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय शम्भु प्रसाद साह, सोही गाउँपालिका वडा नं ६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका वडा नं १६ का २४ वर्षीय छोटेलाल पटेल रहेको प्रहरीले जानकारी दिए ।

उनीहरुले शनिबार बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवा स्थितमा सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रलोभन देखाएका थिए ।

अवैध रुपमा ल्याएका कस्टमेटिक तथा कपडा लगायतका मालसमानहरू भारतबाट चोरी पैठारी गरी नेपालको विभिन्न ठाउँमा ओसार पसार गर्ने काम गर्छौ, मासिक रुपमा तपाईहरुलाई लाईन मिलाउन आएको भनी उनीहरूले पैसा निकाली गस्तीमा खटिएका प्रहरी टोलीलाई २६ हजार दिन खोजेका थिए ।

प्रहरीले हामी तस्करी गर्न दिन्नौ भन्दा उनीहरुले हामी जसरी पनि अर्को एरियाबाट काम गर्छौ भन्दै
विभिन्न किसिमका अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको हुँदा उनीहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.