काठमाण्डौ, चैत २७ : अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मंगलबार काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका–९ स्थित प्रकाश पाख्रिनले संचालन गरेको पपुलर्स बार एण्ड सेकुवा कर्नरमा जुवा तास खेलिरहेको अवस्थामा १ बुक तास र नगद १ लाख २० हजार ६ सय ४० रूपैयाँ सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । यस घटनाको विषयमा अनुसन्धान भईरहेको बुझिएको छ ।