काठमाडौं, चैत २१ : डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–७ का ४२ वर्षीय पदमबहादुर कार्की रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको बुझिएको छ ।
नागार्जुन नगरपालिका–९ स्युचाटार कमलपोखरी डाँडास्थित बाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रहार गरेका थिए ।
रड प्रहारबाट घाइते हुनेमा प्रहरी हवल्दार र प्रहरी जवन गरी २ जना छन् । दुवै प्रहरी कर्मचारीको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।