पुलमुनी भेटियो एक युवकको शव

| 2019 Apr 02 | 11:20 am 2562

काठमाडौं, चैत्र १९ : बेवारीसे अवस्थामा फालिएको एक युवकको शव फेला परेको छ। चक्रपथको कलंकी–स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो ।

सडक बालकलले फोहोर प्लास्टिक संकलन गर्ने क्रममा फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला भएको थियो । त्यसलगत्तै पुगेको प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।

शवको अवस्था हेर्दा घाटी र कम्बरमा धारिलो हतियार प्रहार गरेको देखिन्छ । उनको पेटको भाग क्षतविक्षत हुनेगरी काटिएको छ । प्रहरीका अनुसार कसैले हत्या गरेर फालेको आशंका गरेको छ । अनुहार प्रष्ट भए पनि मृतक युवाको शरीरमा भने चोट देखिन्छन्।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगिसकेको छ । मृतक युवाको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.