-
तुल मगर
उदयपुर, चैत १७ : जिल्लाको बेलका नगरपालिका २ बाधडाँडाँमा शनिवार ससुराले खुकुरी प्रहार गर्दा बुहारी घाइते भएकी छन् ।
ससुरा सितुमान राईले ३० बर्षीया बुहारी चन्दा राईलाई घरयासी विवादका क्रममा खुकुरी प्रहार गरेका थिए । शनिवार दिउँसो घरयासी विवाद हुँदा ससुराले बुहारीलाई खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएका छन् ।
गम्भीर घाईते भएका चन्दालाई उपचारको लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहारबाट घाइते भएकी चन्दाको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गरी भग्दै गर्दा ससुरा सितुमानलाई प्रहरी चौकी भागलपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।