काठमाडौं, फागुन ६ : अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही कविलासी–२ घर भएका २३ वर्षीय राजेशकुमार गुप्ता रहेका छन् । उनलाई प्रतिबन्धित लागूऔषध नाईट्राभेट ७ सय ५७ ट्याब्लेट सहित आज सोमबार बिहान पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ६५९९ नम्बरको बसलाई चेकजाँच गर्दा ज्याकेटभित्र लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।