नायिका वर्षा राउत र संजोग कोइरालाले गरे इन्गेजमेन्ट

रिपोर्ट नेपाल | 2019 Feb 12 | 02:42 pm 2336

काठमाडौं, माघ २९ :  लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । दुबै तर्फका परिवारको उपस्थितिमा सोमवार उनीहरुले औंठी साटासाट गरेका हुन् । वर्षा र संजोगले सामाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै लेखेका छन् ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’

वर्षा र संजोगले प्रेमीहरुको विशेष दिन मानिएको भ्यालेन्टाइन डेका दिन अर्थात फागुन २ गते विवाह गर्दैछन् ।करिव आठ वर्ष लामो प्रेम सम्वन्धलाई यी जोडीले विवाहमा परिणत गर्ने निर्णय गरेका हुन् ।उनीहरुले फेसबुकमार्फत आफूहरुको संयूक्त नाम ‘सन्सा’समेत राखेको बताएका छन् ।

यसअघि वर्षाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको कार्ड पोष्ट गर्दै अव दुई वैवाहिक बन्धनमा बाँधिन लागेको भन्दै निम्ताे कार्ड शेयर गरेकी थिइन् ।पछिल्लो समय वर्षा फिल्महरुमा निकै राम्रोसँग जमिरहेकी छिन् भने संजोग पनि यदाकदा फिल्ममा देखिन्छन् तर उनी विशेषतः ब्यापारी हुन् ।

वर्षाकाे नयाँ फिल्म ‘गोपी’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यसअघि उनि अभिनित फिल्म ‘चौका दाउ’ प्रदर्शनमा आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.