लभ स्टेसन चैत २२ मा

रिपोर्ट नेपाल | 2019 Feb 06 | 08:45 am 2137

काठमाडौं, माघ २३ : प्रेमकथानक फिल्म लभ स्टेसनको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । उज्ज्वल घिमिरेको निर्देशनमा गोविन्द शाहीले निर्माण गरेको फिल्म चैत २२ मा दर्शकमाझ आउनेछ।

लिलिबिलीपछि प्रदीप खड्का र जसिता गुरुङको जोडी दोहोरिएको लभ स्टेसनको ‘घाम जुन नै चाहिँदै’ बोलको रोमान्टिक गीत हालै भियतनाममा खिचियो । सो गीतमा प्रदीप र जसितालाई प्रस्तुत गरिएको छ । सुटिङ सकेर स्वदेश फर्किएपछि फिल्मको प्रदर्शन मिति तोकिएको निर्माता शाहीले जानकारी दिए।

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाही निर्माता रहेको फिल्ममा प्रदीप र जसिताका साथमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाललगायतले अभिनय गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.