लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 31 | 02:47 pm 1369

काठमाडौं, माघ १७ :  हमानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधबार विशेष सूचनाको आधारमा बसुन्धराबाट भारत सुपौल घर भएका २६ वर्षीय सन्तोष कुमारलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका कुमारको साथबाट डाइजाल्याब, लुपिगेसी, डाइजापाम, फेनरागन, नाइट्रोभेट, स्पाम्मो लगायका लागुऔषधहरू बरामद गरिएको छ। पक्राउ परेका सन्तोषकुमारमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको वृत्तका प्रमुख डिएसपी फडिन्द्र प्रसाईले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.