एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 08 | 02:20 pm 1745

भक्तपुर, पुस २४ सूर्यविनायक नगरपालिका–५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका तिमाल गाउँपालिका–२ शर्सियुखर्क घर भएका ३९ वर्षीय रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका–६ का २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् ।

पुस १८ गते एटिएम मेशिन फुटाई चोरी गर्न लागेको भन्ने बैंकको निबेदन अनुसार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.