बारा, पुस २० : बारा जिल्ला अदालतले डाँका मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१० का वर्ष ४५ को नन्द किशोर धानुक रहेका छन् ।
२०५२ पुस २१ गतेको फैसाला आदेशले ६ वर्ष कैद र ३२ हजार ८ सय ५० जरिवाना फैसला गरे पश्चात् फरार थिए ।
त्यस्तै लागूऔषध गाजाँ मुद्दामा फरार रहेका जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२३ का वर्ष ४३ को हविव मियालाई पनि पक्राउ गरेको छ । २०५२ भदौ १९ गतेको फैसालाले उनलाई १ वर्ष ६ महिना कैद र ८ हजार जरिवाना फैसला गरेपछि फरार रहेका थिए ।
ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा बारामा बुझाइएको र अदालतको आदेशले उनीहरुलाई तोकिए बमोजिम कैद भुक्तानको लागी कारागार कार्यालय विरगंज पर्सामा पठाइएको छ ।