थारु संस्कृतिमा आधारित फिल्म ‘भुरभुरा रहर’को ट्रेलर सार्वजनिक (भिडियो)

रिपोर्ट नेपाल | 2019 Jan 04 | 11:16 am 2911

काठमाडौं, पुस २० : संस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ। दशैं तिहारमा नाचिने सखिया नाचको बारेमा बनाइएको भुरभरा रहर सत्य घटनामा आधारित फिल्म हो।

दशैं नजिकिएसँगै थारु गाउँमा सख्या नाच नाच्‍ने चलन छ । थारु गाउँका किशोर किशोरीको सख्या नाच्ने इच्छा हुँदाहुँदै पारिवारि अवस्थाले नाच्न पाउँदैनन्। आर्थिक अवस्था कमजोर र पारिवारिक अवस्था दयनीय रहेका कतिपय परिवारका किशोर किशोरीहरुको सख्या नाच्ने रहर अधुरो हुन्छ ।

त्यही परिवारको घटनाक्रमलाई भुरभुरा रहरमार्फत् देखाउन खोजेको निर्देशक मदन चौधरीले जानकारी दिए । फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशब्यापी च्यारिटी गरिने निर्देशक चौधरीले बताए ।

थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले मुख्य अभिनय गरेका छन् । फिल्म सुशील चौधरीले लेखेका छन् ।

ट्रेलर 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.