गैरकानूनी रुपमा सञ्चालन गरेकाे भन्दै आलोचना बढेपछि ट्रम्पको पारिवारिक कोष बन्द

रिपोर्ट नेपाल | 2018 Dec 19 | 03:25 pm 1828

काठमाडौं, पुस ४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फेमिली च्यारिटी फाउन्डेसन बन्द गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पको पारिवारिक कोष विवादमा तानिएको थियो । यो कोष गैरकानूनी रुपमा सञ्चालनमा आएको भन्दै आलोचना बढेपछि उनले बन्द गर्न सहमति जनाएका हुन् ।

ट्रम्प फाउन्डेसनलाई अब भंग गर्ने र त्यसको बाँकी कोषलाई अर्को कुनै च्यारिटीलाई दिइने बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति र उनका छोराछोरी इवान्का र एरिकलाई न्यूयोर्कको कुनै पनि च्यारिटीमा बोर्ड सदस्यसमेत बन्न नपाउने गरी प्रतिवन्ध लगाइएको छ ।

यसअघि न्यूयोर्कका महान्यायाधीवक्ता बारबरा अन्डरवुडले यस विषयमा ट्रम्प परिवारविरुद्ध मुद्दा हालेका थिए । ट्रम्पले आफ्नो व्यापारिक र राजनीतिक फाइदाका लागि फाउन्डेसनलाई प्रयोग गरेको उनले आरोप लगाएका थिए ।

यद्यपि फाउन्डेसनका वकिलले भने महान्यायाधीवक्ता बारबरा अन्डरवुडले राजनीतिकरण गरेको आरोप लगाएका छन् । ट्रम्प र उनका परिवारका सदस्यहरुविरुद्ध जारी कानुनी लडाइँ यो पहिलो भने होइन । यस्ता खालका धेरै मुद्दाहरुले ट्रम्प परिवारका सदस्यहरुलाई अप्ठ्यारोमा पार्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.