काठमाडौं, मंसिर ६ : बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
पाखी ए टायरवालाले निर्देशन छन् । नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा चलचित्रको केन्द्रीय कथा हो ।
नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको चलचित्र ७ डिसेम्बरमा रिलिज हुँदैछ ।
प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्मा गरेको चलचित्रमा इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राईलगायतका नेपाली कलाकारले अभिनय गरेका छन् ।
ट्रेलर