सबै हिन्दी फिल्मको रेकर्ड तोड्यो ‘ठग्स अफ हिन्दुस्तान’ले

| 2018 Nov 10 | 09:00 am 3086

काठमाडौं, कार्तिक २४-अमिताभ बच्चन र आमिर खान अभिनित चलचित्र ठग्स अफ हिन्दुस्तानले पहिलो दिनमा ५२ करोडभन्दा बढीको कारोबार गरेको छ । यो कुनै पनि हिन्दी चलचित्रले पहिलो दिनमा कमाएको सबैभन्दा धेरै रकम हो ।

यसअघि यो रेकर्ड शाहरुख खानको फिल्म ह्याप्पी न्यु इयरले राखेको थियो । जसले पहिलो दिनमा ४५ करोडको कारोबार गरेको थियो ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार भारतमा फिल्मले ५२.२५ करोडको कारोबार गरेको छ ।

आमिर खान र अमिताभ बच्चन स्टार फिल्मको पहिलो दिनको कमाईसँगै अब दास्रो दिनको कमाईको पनि अड्कल काट्न सुरु गरिएको छ । दोस्रो शुक्रबार पनि तिहारको छुट्टी भएकाले फिल्मले १०० करोडको आँकडा पारगर्न सक्ने आँकलन गरिएको छ । शनिबार र आइतबार पनि भारतमा बिदा छ त्यसैले फिल्मको विकेन्ड रेकर्डतोड हुने मानिएको छ ।

बक्स अफिस इण्डियाको रिपोर्ट अनुसार फिल्म रिलिज भन्दा पहिला नै दुई लाख टिकट बुक भएको थियो, जसमा शनिबार आइतबारको बुकिङ्ग पनि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.