अठार वर्षपछि ब्यूरोले खड्कालाई पक्राउ गर्यो

रिपोर्ट नेपाल | 2018 Oct 25 | 05:10 pm 2193

काठमाडौं, कात्तिक ८ :  अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोग लागेका रामकुमार खड्कालार्इ केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार पुनरावेदन अदालतले २०५७ कात्तिक २१ गतेको फैसलाले ललितपुर धापाखेल बस्ने ४९ वर्षीय खड्कालाई एक करोड तेइस लाख त्रिपन्न हजार आठ सय असि रुपैयाँ जारीवाना र कए वर्ष कैद सुनाएको थियो ।

मुद्दामा फरार भएका अभियुक्त रामकुमार अग्रवाल भद्रपुरीयाको दिपक ट्रेड कन्नसर्नसँग आयात प्रतित नम्बर टि ३० / २७१५  मिति २०५२ असार ४ गते रामकुमार खड्काको नामबाट युएस डलर २ लाख १५ हजार ६ सय सोही ट्रेड कन्नसर्नसँग टि ३० /२८३२ मिति २०५२ असार ४ गते नै खड्काकै नामबाट यूएस डलर २ लाख ९५ हजार ६ सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको एलसि नियम तथा व्यवहार बमोजिम नभएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो ।

प्रबन्धकको दस्तखत बिना प्रतितपत्र खोलेको भन्दै मुद्दा चलाएका खड्कालाई अदालतले सजाय तोकेको अठार वर्षपछि ब्यूरोले धापाखेलबाट आजै पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले खड्कालाई कैद भुक्तानका लागि डिल्लिबजार कारागारमा पठाइएको ब्यूराले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.