उदयपुरमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, अर्का गम्भीर घाइते

रिपोर्ट नेपाल | 2018 Oct 16 | 11:18 am 3225

उदयपुर, असोज ३०: उदयपुरको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७:३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।

उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई दुवैजना पुलबाट दश मिटर तल खोलामा खसेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष ४० का दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल पछाडि बस्ने सोही स्थानका वर्ष ४५ का कुलबहादुर थापा घाइते भएका हुन् ।

घाइते थापालाई अहिले उदयपुर जिल्ला अस्पतालमा ल्याएर प्राथमिक उपचार गरिएको र घटना स्थलमा मुचुल्का उठाउने र सर्जमिन गर्ने कार्य प्रक्रिया शुरु भएको पनि प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.