राजस्व सचिव ढुंगाना प्रधानमन्त्री कार्यालयमा सरुवा, उनकाे स्थानमा घिमिरे

| 2018 Dec 16 | 03:01 pm 3167

काठमाडौं, पुस १ : सरकारले अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानालाई सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा तानेकाे छ । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालशंकर घिमिरेलाई ढुंगानाको सट्टा अर्थ मन्त्रालयमा सरुवा गरेकाे छ ।

सोमबारबाट प्रधानमन्त्री कार्यालयमा पदभार सम्हाल्नेगरी जान लागेका राजश्व सचिव ढुंगानाको आजै अर्थ मन्त्रालयमा बिदाई कार्यक्रम राखिएकाे छ । उनलाई प्रधानमन्त्रीकाे कार्यालयमा तानिनु अर्थपूर्ण रहेकाे चर्चा हुन थालेकाे छ ।

विहीबारको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको जनाइएकाे छ । राजश्व सचिवमा अर्थ मन्त्रालय सरुवा गरिएका घिमिरे साेही मन्त्रालयका क्याडर थिए । तर तत्कालीन अर्थमन्त्री वर्षमान पुनसँग असझदारी बढेपछि उनी साे मन्त्रालयबाट बाहिरिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.