७० करोड घुस काण्डमा मुछिएका बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्यमा सिफारिस

रिपोर्ट नेपाल | 2021 Apr 12 | 05:09 pm 3889

काठमाडौं, चैत ३०ः ७० करोड घुस मागेको अभियोग खेपिरहेका नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समिति सदस्य बनेका छन्।

नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको क्रममा बाँस्काेटा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सिफारिस भएका हुन्।

बाँस्कोटाले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो बाहिर आएपछि बाँसकोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए। सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न समितिमा भएका हेरफेरको सूची प्रतिनिधि सभाको बैठकमा सोमबार पेश गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.