६० जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

रिपोर्ट नेपाल | 2020 May 18 | 08:04 am 1737

काठमाडाैं, जेठ ५ः नेपाल प्रहरीकाे बढुवा समितिले गरेकाे निर्णय अनुसार ६० जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ ।

आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिले इन्सपेक्टर पृथ्वी नारायण ओलीलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ । अन्य बढुवा सिफारिस हुनेहरुमा केदार राज पन्त, जयराम कुईंकेल, कविन्द्र कुमार कार्की, संजिव बाबु खड्का, पञ्च कुमार बाखु, पूर्णिमा कुमारी चन्द, शर्मिला गुरुङ, राजकुमार राई,सुवास खड्का, चन्चला श्रेष्ठ, राजु लामा, अनिल कुमार घिमिरे, रुपा लाबुङ सहित ६० जना छन् ।

नामावलीहरू

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.