६० किलो सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ

| 2023 Sep 04 | 01:51 pm 1965

काठमाडाैं, भदाै १८ । बहुचर्चित ६० किलो सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ परेका छन्।

सोमबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका एक व्यक्तिलाई पक्राउ गरेको हो। सिआइबी स्रोतका अनुसार रुपन्देही घर भइ हाल टोखामा बस्दै आइरहेका सुमन खरेल नामका व्यक्ति पक्राउ परेका हुन्।

खरेललाई नेपाल भारत सीमाबाट पक्राउ गरिएको भए पनि उक्त प्रकरणमा उनको भूमिकाबारे प्रहरीले खुलाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.