६ वर्षदेखि लागुऔषध तथा चरेस मुद्दाका फरार व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 15 | 06:58 pm 1270

कलैया, माघ १ :  विगत ६ वर्षदेखि लागुऔषध तथा चरेस मुद्दाका फरार व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेका छन् ।

विसं २०६९ असार २४ गते जीतपुर–सिमरा उपमहानगरपालिका–८ का असर्फी साहलाई सो मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ६ महीना र दुई हजार नगद जरिवानाको फैसला गरेपछि निज साह लुकिछिपी बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय सिमराले साहलाई सोमबार पक्राउ गरी वीरगञ्ज करागारमा पठाएको प्रहरी प्रवक्ता रञ्जीत सिंह रठौरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.