६ बर्ष देखि फरार सवारी ज्यान मुद्दाका प्रतिबादी पक्राउ

रिपोर्ट नेपाल | 2022 Sep 12 | 08:44 am 1693

तनहुँ, भदाै २७ः ६ बर्ष देखि फरार सवारी ज्यान मुद्दाका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २८ को बिर्खमान गुरुङ रहेका छन् ।

मिति २०७३।०८।१८ गते तनहुँ साबिक घासीकुँवा गा.बि.स. वडा नं. २ हाल कायम व्यास नगरपालिका वडा नं. १२ देउराली स्थित गुरुङले चलाई पोखरा तर्फबाट डुम्रे तर्फ लैजादै गरेको बा ६३ प २८१५ नं. को मोटरसाइकल र डुम्रे तर्फबाट दमौली तर्फ आउदै गरेको ग ५ प ९६१७ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ग ५ प ९६१७ नं. को मोटरसाइकल चालक कास्की साबिक लेखनाथ नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को बिमल बहादुर सार्की गम्भिर घाइते भएका थिए ।

घाईतेको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको सवारी ज्यान मुद्दामा घटना पश्चात हालसम्म फरार रहेका मोटरसाइकल चालक गुरुङलाई खोजतलास गर्ने क्रममा मिति २०७९।०५।२५ गते तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. २ नारीघाटबाट पक्राउ गरी मिति २०७९।०५।२६ गते तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.