५९ किलो गाँजासहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 15 | 03:26 pm 3201

हेटौंडा, साउन ३० : मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामा छन् ।

उनीहरुलाई हेटौंडा उपहानगरपालिका- १० बसपार्क सडकखण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिट मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.