५५औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा प्रधानमन्त्री ओलीको एक सन्देश

रिपोर्ट नेपाल | 2020 Mar 21 | 07:31 am 1593

काठमाडौं, चैत ८: प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुर्‍याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन् ।

५५औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा शनिबार एक सन्देश दिँदै उनले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात, अज्ञातशहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।

जातीय एवं सांस्कृतिक विविधतायुक्त सयौँ थुँगा फूलका एउटै मालाको प्रतिविम्बका रुपमा रहेको हाम्रो राष्ट्र नेपालमा सबै फूलहरुलाई फुल्ने र फक्रने वातावरण तयार गर्न वर्तमान सरकार सांस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवर्धन एवं सम्वर्धनका लागि दृढताका साथ अगाडि बढनेछ, उनले सन्देशमा भनेका छन् ।

अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउन आवश्यक रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.