तनहुँ, पुस २६ : अपराधिक क्रियाकलाप आगो लगाएको मुद्दामा फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर– ९ का (आइत) भन्ने ठग बहादुर कमर जोगी रहेका छन् ।
उनलाई आगो लगाएको मुद्दामा अदालतद्वारा ५ बर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसला पश्चात् विगत ५ बर्ष देखि फरार रहेका उनलाई स्थानीय प्रहरीले पक्राउ गरी तनहुँ जिल्ला अदालतमा पेश गरिएको छ ।
अभियुक्तलाई तोकिए बमोजिम कैद भुक्तानको लागी तनहुँ कारागार चलान गरिएको प्रहरीले जानकारी दिए।