दाङ, असोज १०ः अवैध लागूऔषध ५ किलो अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा साविक थवाङ गाबिस ५ बस्ने ४६ वर्षीय कर्म बुढा र उनकै श्रीमती ४६ वर्षीया राजकुमारी रोका रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा तुलसीपुर उपमहानगरपालिका ६ गुम्राह चोकबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीले उनीहरुलाई शंका लागि चेक जाँच गर्ने क्रममा राजकुमारी रोकाको साथबाट अवैध लागूऔषध अफिम ५ किलो फेला परेको हुँदा उनीलाई पक्राउ गरी लागूऔषध शीर्षकामा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्यभईरहेको दाङ प्रहरीले जनाएको छ ।