४२ जना पक्राउ, जन्मदिन मनाउने टोलीबाट गाँजा बरामद

| 2018 Dec 08 | 03:06 pm 1714

काठमाडौं, मंसिर २२: अपराधिक गतिविधि बढी हुने क्षेत्र गोंगबु शुक्रबार महाराजगन्ज प्रहरी स्विप अप्रेशन चलायो। जसमा ४२ जनालार्इ नियन्त्रणमा लियो।

शुक्रबार राति गोंबगु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जनालाई पक्राउ गरेको महारजगन्ज प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा होटल सञ्चालक पनि छन् । प्रहरीले चलाएको स्वीप अपरेशनमा क्रममा उनीहरु पक्राउ परेका हुन् ।

जन्मदिन मनाउन भनी आएर २ वटा कोठा लिइ बसेका ९ जना किशोर-किशोरीलाई पनि नियन्त्रणमा लिइएको छ । यो समूहको साथबाट गाँजा पनि बरामद गरिएको छ ।

उनीहरु मित्रनगरसिथ्त बाग्लुङ कालिका गेस्ट हाउसमा पक्राउ परेका हुन् । उनीहरु कक्षा ८ देखि ११सम्म पढ्ने १३ देखि १८ वर्षसम्मका छन् । उनीहरुमध्ये ७ छात्र र २ छात्र छन् ।

उनीहरु सबैलाई अभिभावक बलाएर आइन्दा यस्तो कार्यमा संलग्न भए कारवाही गर्ने सर्तमा छाडिनेछ । चेक प्वाइन्टबाट कागजत्र नभएका ५ वटा मोटरसाइकल, ७ वटा स्कुटर पनि बरामद गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.