३४० रनको विशाल लक्ष्य भेटाउला त नेपालले ?

| 2023 Jun 22 | 04:44 pm 2289

काठमाडौं, असार ७ । जिम्वावेको हरारेमा चलिरहेको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा दुइ पटकको विश्वकप विजेता वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रन बनाएको थियो । बेस्ट इन्डिजका साइ हाेप र निकाेलस पुरनले  सेन्चुरी हानेका थिए ।

नेपालकाे तर्फबाट ललित राजवंशीले ३ विकेट लिए भने,  गुलसन झा, करन केसी, सन्दिप लािमछाने र दिपेन्द्र सिं एरीले क्रमशः १/१ विकेट लिए  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.