३३ तोला सुनसहित कामदार वेपत्ता

रिपोर्ट नेपाल | 2019 Oct 25 | 08:41 am 2027

कास्की, कात्तिक ८: पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित वेपत्ता भएका छन्।

वेपत्ता हुनेमा भारतको कलकत्ता घर भई हाल उक्त ज्वेलर्समा काम गर्दै आएका करिब ३७ वर्षीय रञ्जन राजवंशी रहेका छन् ।

उनी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

राजवंशीले ज्वेलर्सको ३३ तोला सुन लिइ सिर्जनाचोकस्थित गहना बनाउने ठाउँमा लिइ गएकामा बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.