३०० ले घट्यो सुनकाे मूल्य

रिपोर्ट नेपाल | 2018 Dec 13 | 06:31 pm 1844

काठमाडौँ, मंसिर २७ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार प्रतितोला रु ५९ हजार ८०० मा सुन कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घल जनाएको छ । महासङ्घका अनुसार तेजावी सुन रु ४०० ले घटेर आज प्रतितोला रु ५९ हजार २०० मा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला रु ७३० मा कारोवार भएको चाँदी आज रु पाँचले बढी रु ७३५ मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य रु ५१ हजार १० कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको मूल्य भने रु ६३० तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.