बुटवल, फागुन ५ : बुटवल उपमहानगरपालिका ९ बसपार्कबाट करिब ३० किलो अवैध लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका ७ का ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय इन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन्।
प्रदेश ५ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आलुसँग मिसाएर बोरामा लुकाइछिपाई ल्याएको अवस्थामा ३० किलो चरेशसहित उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।