३ नम्बर प्रदेश सरकारले हावाहुरी प्रभावित नागरिकलाई १ करोड सहयोग दिने

| 2019 Apr 02 | 12:52 pm 1945

काठमाडौं, चैत्र १९ : गत आइतबार साँझ आएको विनाशकारी हावाहुरीले प्रभावित परेका प्रदेश नम्बर २ का नागरिकलाई प्रदेश नम्बर ३ ले १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।

मंगलबार बिहान बसेको प्रदेश तीनको मन्त्रिपरिषद् बैठकले आवास र राहत वितरणका लागि उक्त रकम दिने निर्णय गरेको हो।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार प्रदेश २ को सरकारसँग समन्वय गरेर उनीहरूले खोलेको खातामा पैसा लगाई दिने बताएका छन् ।

सोमबार बसेको बैठकले प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको थियो। विभिन्न राजनीतिक दल र अन्य नगरपालिकाले पनि बारा र पर्साका प्रभावितलाई पैसा दिने निर्णय गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.